२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षले स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पक्षका संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण माग गरेपछि नेपाल पक्षले यस्तो निर्णय लिएको हो । 

अर्याल होटल बानेश्वरमा आज बसेको नेपाल पक्षका नेताहरुको बैठकले सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको हो । 

नेपाल पक्षले एमाले एकताको पक्षमा उभिएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका निर्णयहरू विधानविपरीत रहेको बताउँदै प्रतिवाद जारी राख्ने जनाएको छ ।