२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेको दुई गोल, फ्रान्स युरोमा छनोट



अ+ अ-

एजेन्सी । फ्रान्स आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्ड्सको योहान क्रुफ एरेनामा भएको खेलमा ७ औं मिनेटमा नै पाहुना टोली फ्रान्सले किलियन एमबाप्पेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ५३ औं मिनेटमा एमबाप्पेले नै दोस्रो गोल थप्दा फ्रान्स २–० ले अघि बढ्यो ।

८३ औं मिनेटमा किलिन्ड्स्ची हार्टमानले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता छोट्याए तर टोलीको हार टार्न सकेनन् ।

समूह बी मा रहेको फ्रान्स अपराजित छ । उसले ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ । नेदरल्यान्ड्स ५ खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ । ग्रीस ६ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।