काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ४ प्रदेशसभा सदस्यहरु मन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई मन्त्री बनाउन लाग्नुभएको हो ।
उहाँहरुले अपरान्ह ४ बजे मन्त्री पदको सपथ लिने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारीमा लागेको छ ।











