काठमाडौं । आमाको सम्पत्ति लिएर बेवास्ता गरेको कसुरमा पक्राउ परेकी नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता गरेको कसुरमा उनी चैत २२ गते पक्राउ परेकी थिइन् ।
यता आमा शोभाले उनले तीन करोडभन्दा बढी सम्पत्ति हत्याएर आफूलाई उचित हेरचाह नगरेको दाबी गरेकी छन्। डेढ वर्षअघि आफ्ना पतिको मृत्यु भएसँगै शोभा छोरीसँगै बस्दै आएकी थिइन् ।












