२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बाल सङ्गठनको पदाधिकारीहरुको सदाचारितामा प्रश्न



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरी रहेका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बालसङ्गठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो । 

समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिंदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैसँग चल अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ । बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताउनुभयो ।

समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरि बालसङ्गठनको चल अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपुर्ण सम्झौताहरुलाई पुर्नमुल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिने सम्बन्धी सम्पुर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ । यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिएको छ ।