२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल: नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण, बहुमत पुर्‍याउन कठिन



अ+ अ-

एजेन्सी ।  इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गर्नु भएको छ । हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो ।

गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको आरोपमा सुनुवाई भइरहेको अवस्थामा प्रधानमन्त्री नेतन्याहूका अघिल्तिर सरकार गठनमा निकै ठूलो चुनौती छ । इजरायलको राजनीतिक इतिहासमा नेतन्याहू सबैभन्दा लामो अवधिसम्म अर्थात् १२ वर्षदेखि प्रधानमन्त्रीका रुपमा रहनु भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना राजनीतिक प्रतिस्पर्धीसँग गठबन्धन बनाउन छ हप्ताको समयावधि पाउनु भएको छ । तर प्रधानमन्त्रीले विपक्षीहरुको समर्थन प्राप्त गर्ने सम्भावना ज्यादै न्यून रहेको जानकारहरुले बताएका छन् । यसैबीच, उहाँका प्रतिस्पर्धी दलहरुले पनि नयाँ वैकल्पिक सरकार गठन गर्ने प्रयासलाई तिब्र बनाएका छन् । 

सत्तारुढ लिकुड पार्टीका सदस्यहरुसँगको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नेतन्याहूले आफू यहुदी र अरब, धार्मिक तथा धर्मनिरपेक्ष समेतका सबै इजरायली जनताको प्रधानमन्त्री हुन चाहेको बताउनु भएको छ । 

“हामी सबैलाई समानताको व्यवहार गर्नेछौं,” भन्दै उहाँले पटकपटकको चुनावी चक्रबाट इजरायललाई बाहिर निकाल्ने तथा सबै इजरायली नागरिकका लागि बलियो सरकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इजरायलमा विगत दुई वर्षको अवधिमा कुनै पनि दलले संसदमा बहुमत सिद्ध गर्न नसकेपछि चौथो पटक संसदको निर्वाचन भएको हो । 

विगतमा झैं राष्ट्रपति रिभलिनले सोमबार इजरायली संसद नेसेटमा निर्वाचित भएका १३ दलका नेताहरुसँग परामर्श गर्नु भएको थियो । उहाँले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार छनौटका लागि उक्त परामर्श गरे पनि निकास निस्कन सकेको थिएन । 

बैठकमा प्रधानमन्त्री नेतन्याहू वा उहाँका मुख्य प्रतिस्पर्धी याइर लापिडबीच पनि सहमति जुटेको थिएन । उहाँहरु दुबैले बहुमत सांसदको समर्थन प्राप्त गर्न असफल हुनु भएको थियो ।
इजरायली संसद १२० सदस्यीय रहेको छ । 

नेतन्याहूले २८ दिनभित्र संसदमा बहुमत हासिल गर्नु पर्नेछ । त्यस अवधिमा पनि बहुमत नजुटेको अवस्थामा राष्ट्रपतिले अरु दुई हप्ता थप गर्न सक्ने संवैधानिक प्रावधान छ । 

प्रधानमन्त्री नेतन्याहूको सत्तारुढ लिकुड पार्टीले संसदमा ५२ सांसदको समर्थन प्राप्त गरेको छ, र यो संख्या विपक्षी नेता लापिडको भन्दा बढी हो, तर सरकार गठनका लागि ६१ स्थान जरुरी हुन्छ । लापिडको दलले ४५ स्थान जितेको छ भने नफताली बेनेटको दलले ७ स्थानमा विजय हासिल गरेको छ ।

नेतन्याहूले एउटा सानो अरब इस्लामिक पार्टी र्यामको समर्थन प्राप्त गर्नु पर्नेछ । र्यामका नेता मन्सुर अब्बासले इजरायलको अरब क्षेत्रलाई नेतन्याहूले सहयोग गरे सरकारलाई समर्थन गर्न सक्ने बताउँदै आउनु भएको छ । इजरायलभित्रको अरब क्षेत्रमा अपराध, विभेद र गरिबी व्याप्त छ । 

तर नेतन्याहूलाई समर्थन गर्ने अतिवादी रेलिजियस जियोनिस्ट पार्टीले भने अरब पार्टीसँग साझेदारी गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ । नेतन्याहूले अर्को धार्मिक राष्ट्रवादी पार्टी यामिनाको पनि समर्थन प्राप्त गर्ने प्रयत्न गर्नु हुनेछ । यामिनाले पनि अरब पार्टीहरुसँगको गठबन्धनलाई त्यति रुचाएका छैनन् ।

अर्कोतिर, विपक्षी नेताहरु लापिड र बेनेटबीच पनि सत्ता साझेदारीका विषयमा वार्ताहरु जारी छन् । लापिडले आफू र बेनेटबीच प्रधानमन्त्रीको कार्यकाल आधाआधा समयको गर्ने प्रस्ताव राख्नु भएको छ । उहाँहरु दुबै प्रधानमन्त्री नेतन्याहूको लामो कार्यकाल अन्त्य गर्न सहमत हुनु भएको छ ।