२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ईन्जिनियर्स एशोसिएसनको चुनावमा प्रदेश २ को अध्यक्षका लागि ई. झाको उम्मेद्वारी



अ+ अ-

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसियसनको आगामी बैशाखमा हुने निर्वाचनको लागि नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीचको चुनावी गठबन्धनबाट ई. भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ ।

जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित  प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनबीच नेपाल ईन्जिनियर्स एशोसिएसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति अनुरूप   ई. भगवान झाको नेतृत्वमा संयुक्त उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गराउनु अघि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन र राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठबन्धन भएको थियो । दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका थिए । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ई.शम्भु बहादुर श्रेष्ठ र राष्ट्रिय इन्जिनियर संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जानकारी दिनु भएको थियो । 

सि.डि.ई. झा प्रदेश २ को विकासको लागि अहोरात्र खटिँदै आएका छन् । विकास अभियन्ताको रुपमा चिनिएका झा प्रदेशभरि नै सबैको प्रिय रहेकाे बताइएकाे छ ।  नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।