२५ असार २०८३, बिहीबार
,
Latest
सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रलाई बाँस्कोटाको प्रश्न –आफै अड्काउने र आफै पड्काउने काम किन ? (भिडियो सहित )



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले सरकारलाई समर्थन पनि गरिरहने अनि काम चलाउ भन्ने दोहोरो चरित्र नदेखाउन चुनौति दिनुभएको छ  । 

प्रतिनिधिशभाको बैठकमा बिशेष समयमा बोल्दै सांसद बाँस्कोटाले सरकार काम चलाउ भयो भन्ने टिप्पणी प्रति असहमति जनाउदै नेकपा माओवादी  केन्द्रले आफै अड्काउने र आफै पड्काउने काम गरेका आरोप लगाउनुभयो ।  उहाँले सरकारको गति तथा विकास निर्माण गरेको देखिएर आत्तिनेहरुलाई कानमा कपास र साउने चस्मा लगाउन पनि सुझाब दिनुभयो । 

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपनालाई केपि ओलीले पूरा गरेको भन्दै बाँस्कोटाले केपि ओलीले देखेका समपना कुनै समयमा पुरा हुने दाबी गर्नुभयो ।  

उहाँले भन्नुभयो जनमत लिन जनताको बिचमा जाने , विकास निर्माण हुने कुरा प्रतिगमन हो भने त्यस्तो प्रतिगमन बारम्बार हुन्छ । उहाँले नयाँ जनादेशमा जाने कुरा प्रतिगमन नहुने भन्दै प्रधानमन्त्रीको निर्णय सहि भएको दाबी गर्नुभयो ।