२५ असार २०८३, बिहीबार
,
Latest
सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जान पौडेलको छटपटी : जाँतोलाई भन्दा हातोलाइ हतार !



अ+ अ-

काठमाडौं । नेपालीमा एउटा उखान छ– जाँतोलाई भन्दा हातोलाई हतार । यसको अर्थ हो– जसको काम हो, त्यसले गर्दैन तर अरुलाई हतार हुन्छ जसले काम गर्नै सक्दैन । हो, त्यस्तै भएको छ यतिखेर नेपाली काँग्रेसमा । 

काँग्रेसमा पनि जो प्रधानमन्त्रीको उमेदबार हो उसलाई हतार छैन तर अरुलाई चाहिँ तत्कालै सरकारमा जानुपर्ने खाँचो छ । यदि काँग्रेसले सरकारको नेतृत्व पायो भने प्रधानमन्त्रीका उमेदबार हुन पार्टी अध्यक्ष शेरबहादुर देउवा । काँग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवा नै प्रधानमन्त्रीका उमेदवार हुन् । 

तर हतार चाहिँ उनलाई होइन रामचन्द्र पौडेललाई छ । रामचन्द्र पौडेलले यसअघि सरकारमा जानै हुदैन भनेर देउवाको बाटो छेक्न खोजे पनि अहिले भने जसरी भए पनि सरकारमा जानुपर्ने र त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने भनी कस्सिएका छन् । 

शुक्रबार बसेको काँग्रेसको केन्द्रीय समितिको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय पौडेलकै जोडबलमा भएको थियो । सायद, पौडेलकै मुख राखिदिन नै सभापति देउवाले यो निर्णय गरिदिएको देखिएको छ । 

किनभने सभापति देउवा तथा काँग्रेसका अरु सबैजसो नेताले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनु पर्दैन भने यसअघि कहिल्यै भनेका थिएनन् । त्यसैले यो निर्णयलाई नयाँ भन्न सकिँदैन । 

तर पौडेलेका युटर्नभित्र केछ भन्ने बारेमा भने त्यति बुझ्न सकिएको छैन । केही समयअघि सम्म उनले प्रधानमन्त्री बन्न सभापतिले खुट्टा उचाल्ने होइन, पार्टी बनाउनुपर्छ भनेर भाषण गर्दै हिँड्थे । तर आज पौडेले एक्लै सरकार गठनका लागि कम्मर कसेर लागेका छन् । 

उनी आज जसपाका नेता महन्थ ठाकुरलाई भेट्न पुगे । उनले त्यहाँ यति सम्म भन्न भ्याए कि बरु प्रधानमन्त्रीमा देउवाको विकल्प खोजौँला तर ओलीलाई फाल्नुपरो । ओली सरकारकै निरन्तरता चाहेका ठाकुरसम्म पुगेर पौडेलले खोज्ने ओलीको विकल्प कस्तो हो ? 

फेरि प्रधानमन्त्री बन्ने त कुनै पनि संसदीय दलको नेता हो भन्ने कुरा रामचन्द्र पौडेलजस्ता वरिष्ठ प्रजातान्त्रिक नेतालाई यहाँ सिकाउने धृष्टता गरिएन, उनलाई आफै थाहा छ । अनि नेपाली काँग्रेसको संसदीय दलको नेता देउवा हुन् भन्ने कुरा पनि उनैलाई थाहा छ । त्यसो भए काँग्रेसको सरकार बन्दा उनले खोज्ने विकल्प को हो त ? के ठाकुरसँग पौडेलले उनैलाई या सो दलका नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ? 

देउवाले राजनीतिक परिवर्तनको आगामी सिन राम्रोसँग देखेका छन् । सरकार बनाउने र ढाल्न पनि सक्ने क्षमता राख्ने देउवाको यो मौनतालाई बुझ्न पौडेलले किन सकेका छैनन् ? कम्तीमा देउवा अहिले प्रधानमन्त्री हुन किन तयार छैनन् भनेर त बुझ्नुपर्ने हो नि, होइन र ? 

अनि कुनै प्रधानमन्त्रीले आफूलाई दिएको समर्थन फिर्ता लेउ भनेर स्पष्ट र निर्धक्कसँग भन्न सक्छ ? हिजो प्रधानमन्त्रीको स्पिचको त्यो वाक्य एकपटक फेरि दोहोराएर सुन्ने हो भने पनि त्यो वाक्यले धेरै कुरा बोलेको छ । किन प्रधानमन्त्रीले आफूलाई दिएको समर्थन फिर्ता लिनु भनेर माओवादीलाई धम्की दिएका छन् ? 

प्रधानमन्त्रीको निकटका नेता भन्छन्– प्रधानमन्त्रीसँग राजनीतिका कम्तीमा पनि पाँच ओटा कार्ड छन्, तर अहिलेसम्म उनले दुइ ओटा मात्र कार्ड प्रयोग गरेका छन् र ती सबै एलो कार्ड मात्र हुन् । तिनै कार्डमा नै प्रधानमन्त्री बलिया छन् भने अझ रातो कार्ड देखाउन त धेरै स्टेप नै बाँकी छ । 

त्यसो भए पौडेलहरुले सरकार बनाउने बहुमत कहाँबाट जुटाउँछन् ? देउवाले आफूलाई प्रधानमन्त्री बन्ने रहर छैन, पार्टी बलियो बनाउने र निर्वाचनमा जाने हो भनेर लिएको अडानलाई उल्टै सरकारतर्फ धकेल्नुपर्नाको कारण रामचन्द्रहरु नै बुझुन् । यसलाई यतिखेर राजधानीका कतिपय राजनीतिक जानकारहरु काँग्रेसमा बिँड तात्यो, ताप्के तातेन भनेर पनि भन्न थालेका छन् ।