२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अमेरिका–क्युवा सम्बन्धमा मध्यस्थता गर्न ईयू सहमत’



अ+ अ-

एजेन्सी । युरोपेली संघ (इयु) ले अमेरिका र क्युवा सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न सहमत भएको क्युवाली समाचार एजेन्सी (एसीएन)ले बिहीबार बताएको छ ।

युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलले बुधबार युरोपेली संसदमा क्युवाका जनतासँग मैत्री तथा एकता समूहको अनुरोधलाई स्वीकार गर्दै ‘आतंकवादलाई प्रोत्साहित गर्ने देशहरूको सूचीबाट क्युवालाई हटाउनका लागि अमेरिकी सरकारसामु मध्यस्थता गर्न’ ईयू तयार रहेको जानकारी गराउनुभएको हो ।

बोरेलले यूरोपेली संसदमा लेखेको पत्र, जसलाई बुधबार ट्वीटरमार्फत् सार्वजनिक गरियो, मा उच्च पदस्थ प्रतिनिधिले अमेरिकी नयाँ प्रशासनसँग हामीले अमेरिकाले क्युवालाई लगाउँदै आएको आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपलाई हटाउनका लागि मध्यस्थ भूमिका खेल्न ईयू तयार रहेको बताइएको छ । 

प्रतिक्रियामा क्युवाको राष्ट्रिय जनशक्ति सभाका उपाध्यक्ष आना मारी माकाडोले सम्मेलन र सम्मेलनमा ईयूको भूमिकाप्रति प्रशंसा गर्नुभयो । 

“क्युवाले आतंकवादको प्रायोजन वा प्रवद्र्धन गर्दैन । हामी शान्ति, एकता र जनताबीचको सहयोगलाई समर्थन गर्दछौं,” उहाँले भन्नुभयो ।

यसैबीच ईयूका लागि क्युवाका राजदूत कार्लोस मिगेल परेराले बिहीबार ट्विटरमा भन्नुभयो, “क्युवालाई यस सूचीमा कहिले पनि सामेल नगरिएको हुनुपथ्र्यो । क्युवाले आतंकवादलाई होइन एकता र शान्ति प्रवद्र्धनमा विश्वास गर्छ ।”

“यूरोपेली संघले क्युवाप्रति आफ्नो रचनात्मक प्रतिबद्धता स्पष्ट रूपमा दर्शाएको छ,” युनिभर्सिटीका वरिष्ठ विश्वविद्यालयका प्रोफेसर र ईयूका लागि क्युवाका पूर्व राजदूत कार्लोस अल्जुगारायले सिन्ह्वासँग भन्नुभयो ।

उहाँले थप्नुभयो, “यसको आर्थिक आयाम पनि छ । युरोपेली संघले क्युवामा आफ्नो आर्थिक गतिविधिलाई सुरक्षित गरेको छ । तर पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेको एकपक्षीय निर्णयका कारण यसमा समस्या देखिएको छ ।”

क्युवालाई पहिलो पटक संयुक्त राज्य अमेरिकाले सन् १९८२ मा आतंकवादलाई प्रायोजन गर्ने मुलुकका रूपमा घोषणा गरेको थियो भने तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालको अन्त्यतिर अर्थात् सन् २०१५ मा क्युवामाथिको उक्त आरोपलाई हटाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो ।

तर यही वर्षको मार्चको सुरुमा, ह्वाइट हाउसका सञ्चारसचिव जेन साकीले पत्रकारहरूसँगको नियमित कुराकानीमा संयुक्त राज्य अमेरिका ट्रम्प प्रशासनले क्युवामाथि लगाएको आरोपबारे समीक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । साथै क्युवाको नीति परिवर्तन हालका राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा नपर्ने पनि उहाँले बताउनुभएको थियो ।