काठमाडौं । फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका छन् ।
बीबीसीका अनुसार राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द गरिने बताईएको छ । कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइए पनि त्यावश्यक पसलहरु भने खोलिने बताईएको हो ।
टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनकोबारे बताएका थिए । साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।












