२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू घोषणा



अ+ अ-

एजेन्सी । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेपछि छिमेकी राष्ट्र भारतको महाराष्ट्र राज्यमा आज (आइतबार)देखि रात्रीकालिन कर्फ्यू घोषणा गरिएको छ । 

भारतको मुख्य शहरमध्येको एक मानिने मुम्बईमा बितेको २४ घण्टामा हालसम्मकै धेरै ६ हजार एकसय २३ संक्रमित भेटिएपछि यस्तो निर्णय गरिएको हो । कम्तिमा अप्रिल १५ सम्म जारी रहने यो नियम रातको ८ बजेदेखि बिहानको ७ बजेसम्म लागू हुनेछ ।

उक्त समयमा बगैंचा, समुन्द्रि किनारलगायतका सर्वजनिक स्थलमा पाँच जनाभन्दा बढी मानिस भेला हुन समेत रोक लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो नियम होटल, पब, रेष्टुरेन्ट, सिनेमा हल र सपिङ मलमा समेत लागू हुने बताइएको छ भने नियम उल्लंघन गर्नेलाई १००० भारतीय रुपैयाँ जरिवाना गरिने समाचारमा जनाइएको छ ।भारतमा हिजो (शनिबार) मात्र ६२ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक संक्रमितको यो संख्या नोभेम्बरयताकै धेरै रहेको छ । 

अनुदान र व्यापारिक हिसाबले हालसम्म ७७ देशमा ६ करोड १० लाख डोज खोप निर्यात गरेको भारतमा हालसम्म कुल जनसंख्याको ४ प्रतिशत ले मात्र खोप प्राप्त गरेको बताइएको छ ।