६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज युनाइटेडले प्लेअफमा पुग्ने अवसर गुमायो



अ+ अ-

काठमाडौं । वीरगञ्ज युनाइटेडले शनिवार पुछारको टोली बुटवल लुम्बिनीसँग १–० ले हार व्यहोरेसँगै प्लेअफमा पुग्ने अवसर खेर फालेको छ ।

दशरथ रंगशालामा जितले वीरंगज युनाइटेडको डेब्यु सिजनमै प्लेअफ यात्रा गर्ने अबसर थियो  । तर, वीरगञ्ज फिनिसिङ चुक्यो र अन्तिम समयमा गोल व्यहोरेपछि साँघुरो हार व्यहोर्न बाध्य भयो । यो नतिजासँग आठ खेल पूरा गरेर १० अंकसहित चौथो स्थानमा रहेको झापाको प्लेअफ सम्भावना जीवन्त रह्यो ।

आजकै दोस्रो तथा यो सिजनकै अन्तिम लिग खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीबिरुद्ध जित निकालेमा भने झापाको प्लेअफ लक्ष्य पूरा हुनेछैन । यो खेलमा बराबरी या काठमाडौंको हारले भने झापाको प्लेअफ यात्रा सम्भव हुनेछ ।

शनिवारको जितपछि बुटवल लुम्बिनी आठ खेलबाट १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यता, हार व्यहोरेपछि वीरगंज भने आठ खेलबाट आठ अंकसहित सातौं स्थानमा यथावत छ । त्यसअघि खेलको पहिलो आक्रमण बुटवलले दशौं मिनेटमा गरेको थियो । जिलेस्पीजंग कार्कीको प्रहार डिफ्लेक्ट भएर बाहिरिएपछि बुटवल अग्रता लिन चुक्यो । एक मिनेटपछि नै वीरगंजका ओबेदको बक्स बाहिरबाट प्रहार पोस्टको दिशामा हुन सकेन । १५ औं मिनेटमा जिलेस्पीको क्रस दीप कार्कीले सहजै रोके ।

लगत्तै वीरगञ्जले पेनाल्टी अपील गरे पनि रेफ्रीले अस्वीकार गरे । आन्द्रे बियिकले आफ्ना खेलाडी विलियम ओपोकुलाई लडाएको भन्दै वीरगंजले पेनाल्टी अपील गरेको थियो । २५ औं मिनेटमा सुशील लामाको कर्नर लुम्बिनीका गोलकिपर मोहमोडुले समात्न नसकेपनि रेफ्रीले फउल दिएपछि खतरा टर्‍यो । ३०औं मिनेटमा सुशील लामाको सट ब्लक भएपछि वीरगञ्ज फेरि अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा आशिष लामाको सट पोस्टबाट टाढा रह्यो ।

जिलेस्पीको क्रस नियन्त्रणमा लिएका उनी पोस्टको दिशामा राख्न असफल भएका हुन् । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रह्यो । दोस्रो हाफमा वीरगञ्जले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । बुटवलले ५५ औं मिनेटमा अग्रता लिने प्रयास सफल हुन सकेन । बुटवलका आशिष लामाको सट बारमा लागेर फर्किंदा वीरगंजका गोलकिपर दीपले नियन्त्रणमा लिए । लगत्तै वीरगंजका सब्सिच्युट खेलाडी सुनील खड्काको सट पनि बारमा लागेर फर्कियो ।

लगत्तै बुटवलका गोलकिपर मोहमदुले क्लियर गरिदिए । लुम्बिनीका कप्तान एरिक बिष्टको ७७औं मिनेटमा पनि गोलकिपर दीपले बचाए । तर, इन्जुरी सयममा चन्दन दासको गोलबाट बुटवलले अग्रता लियो । एरिकले पास नियन्त्रणमा लिँदै उनले वीरगंजका गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गरेका हुन् । यससँगै वीरगंज पराजित भयो र प्लेअफमा पुग्ने लक्ष्य अधुरै बन्यो ।