२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो



अ+ अ-

इस्लामावाद । चालु आर्थिक वर्ष (सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ प्रतिशतले कमी आएको मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिअनुसार सन् २०२४ जनवरीमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा २६.९ प्रतिशतले बढेको छ भने आयातमा ४.५ प्रतिशतले गिरावट आएको छ ।

पाकिस्तानको विश्वव्यापी व्यापारमा सकारात्मक प्रवृत्तिले देशले अन्तर्राष्ट्रिय व्यापार निरन्तर विस्तार भइरहेको पाकिस्तानी वाणिज्य मन्त्री गौहर एजाजलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता सकारात्मक प्रवृत्तिहरूले व्यापार तथा आर्थिक वृद्धिलाई प्रवद्धन गर्ने सरकारको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो ।