२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पट फिक्सिङ प्रकरणका महबुब आलम र आदिल अन्सारीलाई सफाइ



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जनाएको छ ।

उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

आदिलले नेपालबाट ६ ओडीआई र ८ टी–२० आई खेल खेलेका छन् । विष्फोटक ब्याटरको छवि बनाएका आदिल उक्त आरोपछि नेपाली टोलीमा देखा परेका छैनन् ।

महबुब आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोप लागेको थियो ।

महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नामसमेत लेखाएका थिए ।