२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डसँग हारेपछि बायर्नलाई धक्का, अपराजित लेभरकुसेनले लिग जित्ने लगभग पक्का



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिख बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा बायर्नले घरेलु मैदानमै २–० गोल खाएको हो ।

डर्टमण्डलाई जित दिलाउन खेलको १० औं मिनेटमा करिम एडेएमीले तथा ८३ औं मिनेटमा युलियन रेयर्सनले गोल गरे । यो हारसँगै बार्यनलाई उपाधि सम्भावनामा धक्का लागेको छ । बायर्न २७ खेलबाट ६० अंकसहित दोस्रो स्थानमा छ ।

जारी सिजनमै अपराजित रहेको लेभरकुसेन २७ खेलबाट ७३ अंकसहित तालिकाको शीर्षस्थानमा यथावत छ । डर्टमण्ड ५३ अंकसहित चौंथो स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा लेभकुसेनले होफेनहिमविरुद्ध पुनरागमन गर्दै जित निकाल्यो । खेलको ३३ औं मिनेटमा म्याक्सिमिलियन बेइयरले गोल गर्दै होफेनहिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ८८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले तथा ९०+१ औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै लेभरकुसेनलाई जित दिलाए । लगातार तेस्रो हार बेहोरेको होफेनहिम २७ खेलबाट ३३ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।