१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अण्डर–१९ महिला टिमका लागि सिजि फुड्सले ६० लाख सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । सिजि फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो । नेपालले २०२७ को आइसिसि यु १९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी सिजि फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ ।

पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषण गरेको छ । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

साथै लिमिटेडले वाइवाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेज’ ल्याएको पनि आयोजकले जनाएको छ ।

वाइ वाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताएको छ ।