२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुशासनको ढुंगे युग !



अ+ अ-

काठमाडौ । देशमा सुशासनको नमूना हेर्न यातायात कार्यालय पुगे हुन्छ । जुगले धेरै चोला फेर्यो धेरै क्षेत्रमा । तर यातायात कार्यालयमा भने अहिले पनि सुशासन ढुंगे युगमै छ । यहाँ ढुंगे युगको प्रतिनिधित्व ढुंगाले नै गरेको छ । पुसको चिसो बिहान घाम पनि नउदाउँदै नागरिकहरु राज्यलाई कर बुझाउनका लागि घण्टौँ कार्यलय अगाडी प्रतिकात्मक लाईनमा बस्छन् । सवारी साधन नविकरण गर्नको लागी स्वयम्भुको सानो भर्याङ्गमा रहेको यातायात कार्यलयमा  सेवा लिन जानेहरुले लाइन बस्नुपर्ने समयको कुनै ठेगान नै छैन । घण्टौँ लाग्छ सानो काम लिन पनि कतिपय बेला त यहाँका नागरिक कार्यालय नखुल्दै होइन कि बिहान उज्यालो नहुदै यहाँ पुगेर लाइन बस्ने गरेका छन् । 


तर अहिले त्यसरी लाइनै बसेर पनि नपुग्ने भएको छ । अब यहाँ लाइन बस्न पनि नसक्ने अवस्था भएपछि आफ्नो पालो ढुंगा राखेर कुर्ने गरिएको छ । 
सेवाग्राहीले ढुंगाले च्यापेर कुनै कागजको टुक्रा राखेका छन् र त्यसैलाई पालो भुइँमै राखिएको छ । यो देख्दा लाग्छ यहाँ काम हुदैन अर्थात् सेवाग्राहीले नियमअनुसार सेवा पाउँदैनन् कि मानिस ढुंगेयुगमा जस्तो हालत छ । यसैले अन्यत्र आएपनि यहाँ लोकतन्त्र, गणतन्त्र केही आएको छैन । 

फेरि आम नागरिक आफ्नो काम लिन यहाँ पुगेका होइनन् कि राज्यलाई कर तिर्न पुगेका छन् । राज्यले आफैले कर उठाउनुपर्नेमा यसरी कर तिर्न कार्यालयमै पुगेका नागरिक पनि समयमा कर बुझाउन नपाएर यो हालत देखिन्छन् ।

यो फेरि कुनै नौलो घटना पनि होइन । यो वर्षैंदेखिको हालत हो । नागरिकले यसका लागि धेरै गुनासो पोखेका छन्, धेरै अनुनय विनय गरेका छन् । तर अहँ, नागरिकको यो गुनासो यातायातको ढुंगे युगमा कुनै सुनुवाई नै हुदैन, भएको छैन । यहाँ देखिएका ढुंगाले थिचिएका कागजहरु नागरिकका लाइन हुन् । बिहान सबेरै त्यहाँ पुगेका नागरिक जाडोमा लामो समय लाइन बस्न नसकेपछि ढुंगाले थिचेर आफ्नो नामको पालो कुराएर उनीहरु कतै बसिरहेका छन् । 

निर्लज्जताको पराकाष्ठा भनेको यही हो । यो एक्काइसौँ सताब्दिमा ढुंगे युगका उदाहरण खोज्न कतै जानै पर्दैन । राज्यलाई कर बुझाउन यातायात कार्यलयमा पुगे हुन्छ, जो कोहीले पनि देख्छ ।