२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताउनु भयो । उहाँले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो विकास बजेटका लागि यो असारे बजेट भन्ने गर्दछौँ । जब आर्थिक वर्षको अन्तिम घडी आउँछ । त्यतिबेला हतारमा काम गर्ने र वर्षाको कारणले फेरि त्यही बाढी आएर लैजाने र जनताले खाइ नखाइ तिरेको करबाट जनताले लाभ लिन नपाउने स्थिति एकातिर छ भने अर्कोतिर यि ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गरेर त्यहाँ लगानी गर्दा बेलामा सम्पन्न नगर्दा खर्च लागत बढ्दै जाने भएकाले समयमा सम्पन्न नहुँदा जनताले उपभोग नपाउने र जनताले तिरेको करबाट समय अवधि बढाउनुपर्ने र लागत बढ्ने हुँदा जनता दोहोरो मारमा परेका छन् । विगतका कुरा बिर्सिएर नयाँ नीति ल्याएर बाटाघाटा सुरक्षित गर्नुपर्छ ।’

सांसद बिसीले जनतालाई परेका सास्ती हटाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।




भर्खरै