२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सद्वारा ३ लाख ६ हजार ८१९ कित्ता आईपीओ निष्काशन



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले आज बुधबार देखि आयोजना प्रभावित स्थानीयहरूका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन खुल्ला गरिएको हो ।  धितोपत्र बोर्डले कात्तिक २८ गते प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपियाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला अनुमति दिएको थियो । 

बिक्री प्रबन्धकका अनुसार काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७  (साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविसको वडा नम्बर ३,४,५,६,७ र ८ मात्र) तथा मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरू) र इन्द्रसरोवर गाउँपालिका वडा नंम्बर ५ मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूले मात्र आइपीओमा आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आइपीओमा छिटोमा पुस १ गते र ढिलोमा पौष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुका लागि छुट्याइएको आइपीओ बाँडफाँड भएपछि सर्वसाधारणहरुका लागि दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने कम्पनीले जनाएको छ ।