२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई हराउँदै जनकपुर एनपिएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौँ गुर्खाज पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाडौँ जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको हो । काठमाडौँले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जेम्स निशमले २७, हर्ष ठाकरले अविजित २५, लाहिरु मिलान्थाले १६, मोहम्मद मोहसिनले १३ तथा अनिल शाहले ११ रन जोडे ।

बलिङतर्फ काठमाडौँका करण केसीले दुई, शाहब आलम, जेरहार्ड इरासमस र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो ।

काठमाडौँका लागि जेरहार्ड इरासमसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन–तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अरनिको यादव र किशोर महतोले एक–एक विकेट हात पारे ।

जितसँगै प्लेअफमा पुग्ने जनकपुर पहिलो टोलि बनेको छ । उसले ५ खेलमा जित हात पार्दै एक खेलमा पराजित भएको छ । काठमाडौँको भने प्लेअफ यात्रा कठिन बनेको छ । उसले ५ खेलमा तीनमा हार र दुईमा जित निकालेको छ ।