२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई पहिलो खेलमा हराएको नेपालले आज भारतसँग खेल्दै



अ+ अ-

काठमाडौं । पाकिस्तानलाई पहिलो खेलमा पराजित गरेको नेपालले आज एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा भारतसँग् खेल्दै छ ।

मलेसियाको क्लालालम्पुरस्थित बायुमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल समूह बी मा छ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

आईसीसी यू१९ महिला टी–२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू–१९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।

यू–१९ महिला विश्वकप पनि आगामी जनवरी–फेब्रुअरीमा हुँदैछ ।