२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूटानसँगको युथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपालले भूटानका दुई फरक उमेरसमूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको छ ।

घरेलु मैदानमा सम्पन्न भूटानको यु–१६ र यु–१९ महिला टोलीसँग नेपालले समान एक मैत्रीपूर्ण खेल खेले पनि जित निकाल्न भने सकेन । एक समय भूटानमाथि गोल वर्षा नै गर्ने नेपालको प्रदर्शन बिर्सनलायक नै रह्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार नेपाली यु–१९ महिला टोली भूटानसँग १–१ को बराबरीमा खुम्चियो । नेपालले बराबरीको नतिजा सामना गरे पनि भुटानी टोलीले सुन्दर फुटबल खेलेको थियो । सटिक र सुन्दर पाससँगै फिटनेसमा पनि भूटानी टोली अब्बल रह्यो । यसैको मद्दतमा भूटानले पुनरागमन गर्दै बराबरीको नतिजा ल्याएको हो ।

यससँगै नेपालले भूटानसँगको दुई मैत्रीपूर्ण खेलमा एक पनि निकाल्न सकेन । गत शुक्रवार नेपालको यु–१६ महिला टोलीले ५–१ को लज्जास्पद हार व्यहोरेको थियो । यु–१९ नेपाली टोलीले जित निकाल्ने अपेक्षा गरे पनि हुन सकेन । आईतवार शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यु–१९ टोली भूटानसँग रोकिएको हो ।

पाहुना टोलीले नेपालमाथि राम्रो फुटबल प्रदर्शन गरेको थियो । एकेडेमीका खेलाडी र लामो समयदेखि तयारी गरेको भूटानी टोलीको प्रदर्शनबाट स्पष्ट देखिन्थ्यो । नेपाली टोलीको प्रदर्शन भने सुखद् रहेन । नेपाली खेलाडी शारीरिक रूपमा फिट देखिएन ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरी नै भयो । तर दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमै नेपालले अग्रता लियो । सुशीला केसीको गोलमार्फत नेपालले शुरूवाती अग्रता लिएको हो । भुटानका डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले डिबक्स बाहिरबाट वान टचमा टप कर्नरमा गोल गरेकी हुन् ।

तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन । निर्धारण समय सकिन ९ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन् । उनले प्रिया घलेको क्रसमा उनले गोल गरेकी थिइन् ।

त्यसपछि नेपाली टोलीले गोल फर्काउन सकेन र १–१ को बराबरीमा नै खेल टुंगियो । भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारी गरेअनुरूप नतिजा प्राप्त भएको उल्लेख गर्दै छिटै महिला साफ जित्ने विश्वास व्यक्त गरिन् ।