२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश प्रिमियर लिगमा एक बलमा १५ रन बनेपछि !



अ+ अ-

एजेन्सी । एक बलमा १५ रन… क्रिकेटमा यस्तो विरलै हुन्छ, जब एक बलमा १५ रन बनाइन्छ । तर, यो वर्षको अन्तिम दिन डिसेम्बर ३१ मंगलबार पनि यस्तै भयो ।

जब बंगलादेश प्रिमियर लिगको तेस्रो खेलमा खुल्ना टाइगर्सका बलर ओशान थोमसले एक बलमा १५ रन खर्चिए ।

खेलमा खुल्ना टाइगर्स र चिट्टागंग किंग्सबीच प्रतिस्पर्धा भएको थियो । पहिलो ओभरमा वेस्ट इन्डिजका थोमसले यो ओभरमा १८ रन दिए । तर, खेल खुल्ना टाइगर्सले ३७ रनले जित्यो ।

एक बलमा १५ रन कसरी बन्यो ?
चिट्टागंग किंग्सले २०४ रनको लक्ष्य पछ्याएको थियो । कप्तान मेहदी हसन मिराजले ओशाने थोमसलाई नयाँ बल दिएर पहिलो ओभर बलिङ गर्ने जिम्मेवारी दिए ।

थोमसको पहिलो बल नो बल थियो तर च्यालेन्जर्सका ओपनर मोहम्मद नसिम इस्लामले फ्रि हिटमा कुनै रन बनाउन सकेनन् ।

थोमसले दोस्रो बल पनि नो बल गरे जसमा नसिमले छक्का प्रहार गरे । नसिमले फ्रि–हिटको मौका पाए, तर थोमसले लगातार दुई वाइड बल गरे । यसपछि नसिमले चौका प्रहार गरे तर अम्पायरले फेरि नो बल भने । थोमसले दुई बल पनि पूरा गर्न सकेनन् र चिट्टागंग किंग्सको स्कोर १५ रन पुगेको थियो । थोमसले पहिलो ओभरमा १२ बल फ्याँके । उनले नइम इस्लामलाई आउट पनि गरे ।

खुल्ना टाइगर्स ३७ रनले विजयी
टस हारेर ब्याटिङ गरेको खुल्ना टाइगर्सले २०३–३ को ठूलो स्कोर बनाएको थियो । जवाफमा चिट्टागंग किंग्सले १६६ रनमात्रै बनाउन सक्यो । मिराजको टोली ३७ रनले विजयी भयो । शमीम हुसेनले सर्वाधिक ७७ रन बनाए । खुल्ना टाइगर्सका लागि अबु हैदर रोनीले ४ विकेट लिए भने मोहम्मद नवाजले २ विकेट लिए ।