२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अर्बभन्दा बढिको अनलाइन जुवा सट्टाबाजी गर्ने चार भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाईन बेटिङ खेल्ने/खेलाउने कार्यमा संलग्न चार जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपूरका २२ बर्षीय आरीफ हुसेन, सोहि स्थानका २५ बर्षीय अविशेक मदेसिया, फत्तेपूरका ४२ बर्षीय अब्दुल कलाम र सोहि स्थानका ४० बर्षीय ईरफान पठान रहेका छन् । प्रहरी वृत महाराजगंज र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलिले अनलाइन जुवा सट्टाबाजी खेलाईरहेको अवस्थामा उनीहलाई पक्राउ गरेको हो ।

उनीहरुसँग बरामद गरिएको ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा दुई अर्ब भन्दा बढि नेपाली रुपैयाँ कारोबार हुनेगरी अनलाइन जुवा कारोबार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १२ थान ल्यापटप, १२ थान मोबाईल, ७ थान क्यालकुलेटर र हिसाबकिताबको अभिलेख राखिएको १३३ लुज पाना तथा ३ थान डायरी बरामत गरेको छ ।

उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।