१९ असार २०८३, शुक्रबार
,
Latest
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुल बनेपछि खुशी



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । विजयनगर गाउँपालिका–१ र ५ को सीमामा रहेको उक्त खोलामा रु ८४ लाख १० हजार ३०० को लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै वर्षात्को समयमा पालिकावासीलाई आवतजावत गर्न नसक्ने अवस्था अब हटेको बताउनुभयो । 

अहिले वडा नं १ का बासिन्दालाई सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो । वर्षैदेखि यहाँका बालबालिका वर्षात्को समयमा विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राविका प्रध्यानाध्यापक सुदिप सारुले जानकारी दिनुभयो । 

झोलुङ्गे पुल निर्माण भएपछि गाउँवासी खुशी भएका छन् । बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानीयवासी शिवनाथ यादवले बताउनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि विजयनगर गाउँपालिकाका भगरापुर, नयाँबस्ती, वीरनगर, अस्नारा, मन्नगरा, थरौलीलगायत गाउँका झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहज भएको छ ।