१९ असार २०८३, शुक्रबार
,
Latest
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

मङ्गलबारे । जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।
 
फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत इलामबाट विसं २०७० फागुन ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकिएको थियो । पक्राउ परेका मगरलाई जिल्ला अदालतमार्फत कारागार पठाइने बताइएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट कैद भुक्तानी तोकिए पनि फरार रहेकाहरुलाई नियन्त्रणमा लिइरहेको छ । यसअघि २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।