२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।

दक्षिणी सिड्नीको बाहिरी भागमा चट्टानबाट खसेको बेला यो जोडी माछा मार्दै थियो । दोस्रो व्यक्ति १४ वर्षीय किशोर अस्पतालमा स्थिर अवस्थामा रहेका छन् ।

यसले छुट्टीको सप्ताहन्तमा मृत्युको शृङ्खला जारी राखेको छ । शुक्रबारदेखि समुद्रमा बेपत्ता भएका अन्य दुई व्यक्ति – एक सिड्नीबाट र एक मेलबर्नबाट – को खोजी जारी छ ।

सर्फ लाइफ सेभिङ अस्ट्रेलिया ९एसएलएसए० ले बलियो छालहरूले न्यु साउथ वेल्स र भिक्टोरियाको तटहरूमा खतरनाक समुद्री अवस्थाहरू सिर्जना गर्नेछन् भन्दै बिहीबार एक चेतावनी जारी गरेको थियो ।

न्यु साउथ वेल्समा शुक्रबार तीन जनाको डुबेर मृत्यु भएको थियो भने मेलबर्न नजिकै समुद्रमा खसेपछि एक महिलाको मृत्यु भएको थियो भने एक जना पुरुष बेपत्ता भएका थिए ।

शनिबार केही ठाउँमा छालहरू तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यु साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु भएको थियो ।

एसएलएसएले सप्ताहन्तअघि जारी गरेको तथ्याङ्कमा पछिल्लो १० वर्षमा सक्रिय जीवन बचाउने सेवा नभएका समुद्री किनारहरूमा छ सय ३० जनाको मृत्यु भएको देखाएको थियो ।

प्रमुख कार्यकारी अधिकृत एडम वेयरले गस्ती गरिएका समुद्र तटहरूलाई सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने सल्लाह दिनुभयो ।

“हामीलाई थाहा छ कि अस्ट्रेलियाली र हाम्रो देशका आगन्तुकहरू क्याम्पिङ, माछा मार्ने र अन्य तटीय गतिविधिहरूको आनन्द लिन सामान्य बाटोबाट बाहिर जान मन पराउँछन्”, वेयरले एक विज्ञप्तिमा भन्नुभयो, “तर यी तटीय स्थानहरूले खतराहरू प्रस्तुत गर्न सक्छन्, केही तपाईंले देख्न सक्नुहुन्छ र केही तपाईंले देख्न सक्नुहुन्न, त्यसैले हामीसँग केही सरल सल्लाह छन्ः रोक्नुहोस्, हेर्नुहोस्, जीवित रहनुहोस् ।”