२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेता सुजित केसीलाई २४ घण्टाभित्र र भौतिक रुपमा उपस्थित गराउन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई पक्राउ गर्नाका कारण, प्रतिवेदन र कागजाजसहित २४ घण्टाभित्र सशरिर भौतिक रुपमा उपस्थित गराउन सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको छ।

सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो ।

अधिवक्ता राजकुमार श्रेष्ठले पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।