१७ असार २०८३, बुधबार
,
Latest
पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की अदालतद्वारा १२१ व्यक्तिलाई आजीवन कारावास सजाय



अ+ अ-

टर्की । टर्कीको एक अदालतले सन् २०१५ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्ने प्रयासमा भाग लिएको अभियोगमा १२१ व्यक्तिलाई आजीवन कारावास सुनाएको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले जनाएको छ ।

सरकारी आनादोलु समाचार एजेन्सीले भनेको छ, “अङ्करास्थित उक्त अदालतले राज्यविद्रोहमा सम्लग्न ८६ जनालाई ‘संविधानको उल्लङ्घन गर्ने प्रयास’ गरेको आरोपमा ‘कडा’ आजीवन कारावासको सजाय सुनाएको छ । सोही अपराधको लागि अन्य ३५ जनालाई आजीवन कारावासको सुनाइएको छ ।” 

ऋाजिवन काराबासको सजाय सुनाइएकामध्ये ८६ जनालाई काराबासमा रहँदा पालना गर्नुपर्ने कडा सर्तहरू तोकिएको समाचारमा उल्लेख छ । 

टर्कीमा सन् २०१६ मा राष्ट्रपति रेसेप तैयप एर्दोगान र उहाँ नेतृत्वको प्रशासनलाई सत्ताच्युत गर्ने योजनासहित भएको उक्त असफल प्रयासका क्रममा कम्तीमा ३०० जनाको मृत्यु भएको र दुई हजार १०० व्यक्ति घाइते भएका थिए । सरकारले उक्त असफल प्रयास टर्कीका धार्मिक नेता मोहम्मद फेतुल्ला गुलेनको योजना र निर्देशनमा भएको दावी गरेको थियो भने उहाँले यसमा आफ्नो कुनै सम्लग्नता नरहेको दावी गर्दै आउनुभएको छ ।

उक्त आक्रमणमा सम्लग्न रहेको आरोपमा एर्दोगान प्रशासनले टर्कीमा सरकारी, गैर–सरकारी तथा निजी क्षेत्रमा कार्यरत कैयौँ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 

घटनालाई लिएर सरकार पक्षले गुलेनका पक्षधर दावी गरेका कम्तीमा १० हजार सैनिक, दुई हजार ७४५ न्यायाधीश, १५ हजार शैक्षिक क्षेत्रमा कार्यरत कर्मचारी, २१ हजार शिक्षकलगायत गरी कम्तीमा ७७ हजार व्यक्तिलाई पक्राउ गरेको र एक लाख ६० हजार व्यक्तिलाई जागिरबाट वर्खास्त गरेको विपक्षी दलहरूले बताउँदै आएका छन् । 

यसै मुद्दामा हजारौ सरकारी अधिकारीहरूले पदबाट बाहिरिनु परेको गुलेनका अनुयायीहरू तथा विपक्षी दलहरूले दावी गर्ने गरेका छन् ।