१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम श्री फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा सभामुख अर्यालले नेपालकाे सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराउनुभयो। उक्त समूहले दुवै देशका संसदबीच पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

उहाँले नेपाल र साउदी अरेबियाबीच श्रम आप्रवासको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्नुभयो।

भेटका क्रममा सभामुख अर्यालले मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो। उहाँले यस ऐतिहासिक अवसरलाई दुवै देशबीचको सुदृढ साझेदारी तथा भविष्यको अझ घनिष्ठ सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने अर्थपूर्ण कार्यक्रम तथा सहभागितामूलक गतिविधिमार्फत गरिमामय र स्मरणीय रूपमा मनाउने अपेक्षा व्यक्त गर्नुभयो।

सभामुख अर्यालले नेपाल र साउदी अरेबियाबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा साउदी अरेबिया सहित मित्रराष्ट्रहरूबाट थप लगानी र सहयोगको अपेक्षा गरेको बताउनुभयो।

उहाँले नेपालको प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, समृद्ध संस्कृति तथा नेपालीहरूको आतिथ्यभावका कारण नेपाल साउदी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गर्नुभयो।

सो अवसरमा राजदूत मनिखले नेपाल र साउदी अरेबियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश सदैव सकारात्मक रहेको बताउनुभयो। उहाँले नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।

नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा राजदूतावास स्थापना गरेको हो। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली नागरिक कार्यरत रहेका छन्।




भर्खरै