१७ असार २०८३, बुधबार
,
Latest
बाँकेमा थपिए दुई चक्ला वन एक सय ६० घरमा खानेपानी सुविधा मालिकाका विद्यालयमा मगर खाम भाषामा पढाइँ बेपत्ता बालिका खोलामा मृत फेला शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू



अ+ अ-

काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडामा समावेश हुने ‘फ्यूल सरचार्ज’ घटाएको छ। प्राधिकरणले नयाँ फ्यूल सरचार्ज दर निर्धारण गर्दै सबै वायुसेवा कम्पनीलाई बुधबारदेखि लागू हुने गरी परिपत्र गरेको जनाएको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि त्यसको प्रभाव हवाई भाडामा पनि परेको हो। सोही आधारमा प्राधिकरणले विभिन्न गन्तव्यका लागि लागू हुने फ्यूल सरचार्ज पुनः समायोजन गरेको हो।

नयाँ व्यवस्थाअनुसार फ्यूल सरचार्ज अधिकतम २ हजार ३३५ रुपैयाँसम्म घटेको छ। सबैभन्दा बढी कटौती नेपालगञ्ज–भद्रपुर उडानमा भएको छ, जहाँ यसअघि १५ हजार ७२५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, काठमाडौं–धनगढी रुटमा फ्यूल सरचार्ज ११ हजार ८८५ रुपैयाँबाट घटेर १० हजार १२० रुपैयाँमा झरेको छ। काठमाडौं–सुर्खेत उडानमा ९ हजार २९५ रुपैयाँ रहेको सरचार्ज अब ७ हजार ९१५ रुपैयाँ कायम गरिएको छ।

काठमाडौंबाट सञ्चालन हुने माउन्टेन फ्लाइटको फ्यूल सरचार्ज पनि ९ हजार २३५ रुपैयाँबाट घटेर ७ हजार ८६० रुपैयाँमा पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार फ्यूल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्र हो। यसमा अन्य सेवा तथा शुल्कसमेत जोडिएपछि अन्तिम टिकट मूल्य निर्धारण हुन्छ। प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुसँग लिन भने कुनै पनि वायुसेवा कम्पनीलाई अनुमति नहुने स्पष्ट पारिएको छ।