१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ ।

यस्तै, रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् । आजको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ । यस्तै, छ वटा कम्पनीको भने कुनै परिवर्तन भएन ।




भर्खरै