१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै महाधिवेशन गर्न निर्देशन दिएको छ।

बुधबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

समितिका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको निर्णयअनुसार १५औँ महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको महाधिवेशन २०८३ साल साउन मसान्तभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

निर्वाचन समितिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा १४ (३) अनुसार जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा हुनुपर्ने स्पष्ट व्यवस्था रहेको जनाएको छ।

समितिले कार्यतालिकाअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूले अनिवार्य रूपमा सदस्यताको विवरण केन्द्रमा पठाई पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति लिएपछि मात्रै निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने जनाएको छ।

त्यसैगरी, जनसम्पर्क समितिहरूलाई महाधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र समितिले तोकेको प्रतिनिधिको उपस्थितिमै महाधिवेशन सम्पन्न गर्न परिपत्र गर्ने निर्णय पनि बैठकले गरेको सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।




भर्खरै