२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनको हत्याको षड्यन्त्र



अ+ अ-

एजेन्सी

मस्को । युक्रेनमा भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘बेचैन’ छन् । रिपोर्टका अनुसार उनले सम्भावित आणविक आक्रमणको डरले आफ्नो परिवारलाई एउटा रहस्यमय भूमिगत सहरमा लुकाएर राखिसकेका छन् ।

पुटिनको डर यति बढेको छ कि उनले आफ्ना एक हजार निजी कर्मचारीलाई बर्खास्त गरेका छन् । उनीहरूले आफूलाई विष दिएर मार्न सक्छन् भन्ने सोचाइ पुटिनमा रहेको छ ।

एउटा रिपोर्टले पुटिनले डरका कारण आफ्ना सयौँ निजी कर्मचारीलाई बदलेको बताएको छ। डेलीस्टार समाचारका अनुसार यसमा पुटिनका कुक, सचिव, लुगा धुने कामदार र अङ्गरक्षकहरू सामेल छन् ।

रुस र युक्रेन विगत २६ दिनदेखि युद्धमा छ र युक्रेनको राजधानी कीभ अझै जेलेन्स्की सरकारको नियन्त्रणमा छ।

अहिलेसम्म पाँच रुसी जनरल र हजारौं सैनिक मारिएका छन् । एक फ्रान्सेली एजेन्टले क्रेमलिनका भित्रियाहरुले पुटिनलाई कूद्वारा सत्ताबाट हटाउन सक्छन्। यसको एउटा उपाय ‘रुसी राष्ट्रपतिको हत्या’ पनि हुन सक्छ।

पुटिनका विपक्षीहरुले खुलेरै घोषणा गरेका थिए

समाचारअनुसार वरिष्ठ रूसी राजनीतिक व्यक्तित्वहरूले सार्वजनिकरूपमा पुटिनका नजिकका मानिसहरूलाई उनको हत्या गर्न उक्साएका छन्। त्यसैले पुटिनको डर निराधार छैन।

दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमले पुटिनको हत्याको आह्वान गर्दै ट्वीट गरेका थिए। उनले भनेका थिए, “यो सबै अन्त्य गर्ने एउटै उपाय यो हो कि कसैले यो मानिस (पुटिन) लाई बाहिर फालोस् । तपाईंले आफ्नो देशक लागि, संसारक लागि यो गर्नुहुनेछ।”

विष दिएर हुनसक्छ हत्या

फ्रान्सेली गुप्तचर अधिकारीले पुटिनको हत्या भएमा विष सम्भावित उपाय हुनसक्ने दाबी गरेका छन्। रुसी सरकारले आफ्ना शत्रुहरू विरुद्ध विष प्रयोग गरेको पाइन्छ।

फ्रान्सेली एजेन्टले डेली बिस्टलाई बताएअनुसार यी प्रयासहरू क्रेमलिन भित्रबाट मात्र गर्न सकिन्छ। उनका अनुसार रुसी गुप्तचर एजेन्सी मात्र बाँकी छ जसले विष प्रयोग गर्दछ।