१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेनल्टले विश्वभर १५ हजार कामदार हटाउने



अ+ अ-

पेरिसः फ्रेन्च कार निर्माता रेनल्टले तीन वर्षभित्र १५ हजार कामदार हटाउने शुक्रबार घोषणा गरेको छ । कामदार कटौतीबाट कम्पनीले करिब २ अर्ब युरो बचत गर्नेछ ।

रेनल्टले फ्रान्समा मात्र करिब ४ हजार ६०० ले रोजगारी गुमाउने जनाएको छ । कम्पनीका विश्वका अरु ठाउँमा कार्यरत करिब १० हजारको रोजगारी गुम्नेछ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा ४० लाख कार उत्पादन गरिएकामा सन् २०२४ सम्ममा कार उत्पादन घटाएर ३३ लाखमा सीमित गरिने उल्लेख छ ।

रेनल्ट कम्पनीका अध्यक्ष जाँ–डोमिनिक सेनार्डले कम्पनीको दिगोपनाका लागि उत्पादन र कामदार दुबै कटौती गर्नु परेको बताए ।

यस कम्पनीमा विश्वभर करिब १ लाख ८० हजार कामदार छन् । कम्पनीले मोरक्को र रोमानीयाका कारखानाको प्रस्तावित क्षमतामा वृद्धि नगरिने पनि स्पष्ट गरेको छ ।