१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमवाङमा खेलमैदान निर्माण



अ+ अ-

म्याग्दी। मालिका गाउँपालिका–७ बिमवाङमा   खेलमैदान निर्माण गरिएको छ ।

बिमवाङ युवा क्लबले दाताको सहयोग जुटाएर रु २१ लाखमा खरिद गरेको करिब नौ रोपनी जमिनमा खेलमैदान निर्माण गरिएको हो ।
क्लबका अध्यक्ष ओमकार गर्बुजाले भन्नुभयो, “क्लब, आमा समूहलगायत बिमवाङमा रहेका सङ्घ संस्था, स्वदेश तथा विदेशमा रहेका दाताबाट सहयोग जुटाएर जमिन खरिद गरेका हौँ ।”

उहाँले भन्नुभयो मैदानमा “क्रिकेट, ब्याडमिन्टन, भलिबल, बाँस्केटबल, फुटबल र एथलेटिक्स बिधाका खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”

क्लबका सचिव बिष्णु सुवेदीले  यसअघि खेलमैदान अभावमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।  खेलमैदान परिसरमा सार्वजनिक शौचालय, क्लवको भवनसहितको स्टेज र प्याराफिट निर्माणले  पूर्णता पाएको छ ।

मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि बिमवाङ खेलमैदान निर्माणका लागि रु तीन लाख बजेट विनियोजन गरेको वडाध्यक्ष टकलाल पुनले बताउनुभयो ।  रासस