३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजमा चरम असन्तुष्टि छ,कतिपय प्रायोजित छ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताउनुभएको छ ।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको भन्दै यसलाई नेपाली काँग्रेसले बिर्सिन नहुने बताउनु भयो । काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउनु भयो ।

नेपाली काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको बताउनु भयो । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उहाँको भनाइ छ । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको बताउनु भयो । अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्ने बताउनु भयो । काँग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली काँग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौँ । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन । चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो । पञ्चायतमा कहिल्यै चुनाव लढेन । राजाले गराएको चुनाव लढेन । माओवादीसँग २०६५ मा चुनाव हा¥यो । हामीलाई चुनाव जित्नु र हार्नुले निर्धारण गर्दैन । राष्ट्रिय शक्ति त्यो हो जसले चुनावका आधारमा मत प्राप्त गर्दछ । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी हो । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने हो । आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुराहरु प्रायोजित छ सबै कुराहरु बुझ्नुपर्छ । सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यो नेपाली काँग्रेसको जिम्मेवारी हो । त्यसका लागि काँग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ । ’

महामन्त्री थापाले सत्तामा र शक्तिमा पुग्नका लागि आधारभुत मूल्य र मान्यतासँग सम्झौता गरर प्राप्त गरिएको सत्ताको अर्थ नरहने बताउनु भयो ।




भर्खरै