३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको सेवा सुविधा र तलव खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राखौँः सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षाको क्षेत्रमा धेरै समस्या अहिले पनि विद्यमान रहेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताउनु भयो । शिक्षालाई अघि बढाउन शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुपर्ने बताउनु भयो । । शिक्षा क्षेत्रको जग बलियो बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदापनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन । शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ ।’

सांसद बस्नेतले सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलव लिनेहरुको सन्तानलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था लेख्नुपर्ने बताउनु भयो ।




भर्खरै