२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सुपर ओभरमा श्रीलंकालाई हरायो



अ+ अ-

काठमाडौं। एसिया कप टी–२० सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकामाथि रोमाञ्चक जित हात पारेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले समान २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

भारतका लागि अभिषेक शर्माले ३१ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए भने तिलक वर्माले नटआउट ४९ रनको योगदान दिए।

श्रीलंकातर्फ पथुम निस्सान्काले ५८ बलमा सात चौका र छ छक्कासहित शतक प्रहार गरे (१०७ रन), भने कुसल परेराले ३२ बलमा ५८ रन बनाए।

तर, सुपर ओभरमा श्रीलंका दबाबमा पर्‍यो र दुई विकेट गुमाउँदै मात्र दुई रन जोड्न सक्यो। भारतले सजिलो लक्ष्य पाएको थियो। जसलाई कप्तान सूर्यकुमार यादवले पहिलो बलमै तीन रन जोडी जित सुनिश्चित गरे।

आइतबार हुने फाइनलमा अब भारत र पाकिस्तानबीच ऐतिहासिक भिडन्त हुनेछ।