२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले वेस्ट इन्डिजलाई दियो एक सय २३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। काठमाडौं, असोज १४ गते।  युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल बनाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । उनले २९ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा एक छक्कासहित १७ रन बनाए भने सन्दीप जोराले १४, कुशल मल्ल्ले १२, गुल्शन झाले १० रन बनाए ।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् । वेष्ट इण्डिजका लागि रमन सिमाण्ड्सले चार विकेट लिए भने जेडिवाह ब्लाड्सले दुई विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा वेष्टइण्डिजलाइ १९ रन र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।