१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शितल निवासअगाडि जेन–जी युवाको नाराबाजी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति भवन शितल निवास अगाडी जेन—जी युवाहरुले नाराबाजी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले शनिवार जेन—जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो ।

राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् ।

नाराबाजी गर्ने युवाहरुले वास्तविक जेनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शितल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन् । जेन—जी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेन—जी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताउनु भयो ।

सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफैँ सक्रिय हुनुभएको छ ।

राष्ट्रपति पौडेलले शुक्रवार राजनितिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । राजनितिक दलका नेताहरुको छलफलपछि राष्ट्रपति पौडेलले शनिवार जेनजीका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको थियो । तर शनिवारको छलफललाई सोमवारसम्मको लागी सारिएको छ ।