१५ असार २०८३, सोमबार
,
Latest
लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँः वीरेन्द्रबहादुर बस्नेत



अ+ अ-

काठमाडौँ । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गर्नुभएको छ ।

सोमवार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गर्नुभएको हो । उहाँले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताउनु भयो ।

राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उहाँको दाबी छ । उहाँले आफूहरु दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताउनु भयो । उहाँले देशका सन्ततीहरुका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले चाहीँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहीँ साकार कसरी गर्नसक्छौ भन्ने हिसावले अगाडि बढ्न प¥यो । त्यसकारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछांै सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइममा चाहीँ हामी प्रवेश गर्दैछांै । अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ । यो हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरुका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालिन हिसाबले आउदैछौ किनभने हामीहरुको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जादैनौ ।’

उहाँले जेन—जी पुस्ताको आन्दोलन पश्चात पार्टीको संगठनिक कार्य शुरु गरेको बताउनु भयो ।