३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी



अ+ अ-

काठमाडौं ।  जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकि रहेका सबैलाई बयानमा बोलाउने तयारीगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी सबैलाई बोलाउँछौँ । अर्को हप्ता बोलाउँछौँ । सबैलाई बोलाउँछौँ । नआउनेहरुलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा गरौँला ।’

अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । –न्युज एजेन्सी नेपाल