१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी भयो अमेरिका र चीनबीचको व्यापार युद्धको अन्त्य



अ+ अ-

वासिङ्टन । अमेरिका र चीनबीच अब व्यापार युद्ध नगर्ने सहमति भएको छ । पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता नाम दिइएको सो सम्झौतापछि अब चीन र अमेरिकाबीच जारी रहेको व्यापार युद्धको अन्त्य हुने अनुमान पनि गरिएको छ ।

उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गर्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा अमेरिकी केही ठूला व्यापारिक घरानाका व्यक्तिहरुको सहभागीतामा दुवै देशका उच्च अधिकारीबीच गरिएको यो सम्झौतालाई कतिपयले व्यापार युद्ध कम गर्ने विषयको सम्झौता पनि भएको हो भनी बताएका छन् ।

सो व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ उपप्रधानमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक व्युरोका सदस्य समेत रहेका लिउले उक्त सन्देश सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पठाइएको जानकारी दिनुभएको थियो ।

उपप्रधानमन्त्री लिउ केही समयदेखि जारी रहेको चीन अमेरिका व्यापारक युद्धको समाधानका लागि यस विषयको वार्ता समितिका संयोजक समेत रहनुभएको छ ।

यी दुई देशकाबीचमा विगत लामो समयदेखि चलेको व्यापार युद्धका कारण विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर परेको पनि बताइएको थियो । उपप्रधानमन्त्री लिउको सन्देशपछि चिनियाँ राष्ट्रपति चिनफिङले यो सम्झौताले चीन, अमेरिका र समग्र विश्वलाई नै राम्रो हुने धारणा राख्नुभएको थियो ।

साथै राष्ट्रपति चिनफिङले यस सम्झौताले चीन र अमेरिकासँग आपसी सम्मान, समानता र विश्वासका साथ काम गर्ने क्षमता छ भन्ने कुरा स्पष्ट गरेको धारणा पनि सो सन्देशमार्फत राख्नुभएको थियो ।

सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग आगामी दिनमा अहिलेको भन्दा अझै राम्रो खालको सम्बन्धको विकास हुने धारणा राख्नुभएको थियो । राष्ट्रपति ट्रम्पले आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर एक आपसमा सच्याउने बताउनुभयो । उहाँले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुईए देशलाई मात्र नभएर विश्वलाई नै फाइदा पुग्ने पनि बताउनुभयो ।

हालका लागि यो सम्झौता अति आवश्यक रहेको भन्दै यसले आगामी दिनमा विश्वमा थप शान्ति ल्याउने छ र त्यसका लागि हामीले कोसिस गर्नेछौँ– उहाँले भन्नुभयो ।

यो सम्झौताबाट सबैलाई लाभ हुने र यो सम्झौताबाट हरेक प्रकारले दुवै देशबीच सम्बन्ध सुधार हुनेमा पनि चीनका नेताहरुले विश्वास लिएका छन् । बुधबार ह्वाइट हाउसमा गरिएको सो सम्झौता बमोजिम चीनले अमेरिकी सामानहरुको आयातलाई अहिले भन्दा बढी हुन दिने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी अमेरिकाले पनि चीनका केही उत्पादनहरुमा लगाइएको अतिरिक्त शुल्कमा करिब ५० प्रतिशतसम्म घटाउनका लागि चीन सरकार तयार रहेको जानकारी गराएको छ । यसअघि गएको वर्षदेखि नै अमेरिकाले कैयौँ चिनियाँ उत्पादनहरुको आयातमा रोक नै लगाएको थियो । त्यसैगरी कतिपय अत्यावश्यकीय चिनियाँ वस्तुमा पनि चीनले भारी मात्रामा अतिरिक्त शुल्क लगाउने गरेको थियो ।

चीनको यो कार्यको कडा मात्रामा विरोध गरेको अमेरिकाले त्यसको बदलामा अमेरिकाबाट आयात गरिने वस्तुहरुमा पनि सोही प्रकारको निर्णय गरेको थियो । अब यो सम्झौता भएपछि भने यी दुई देशका व्यापारिक एवम् साझेदारी कानुन नियम बमोजिमका सामानहरुको आयात तथा निर्यातका क्रियाकलापहरु सहज हुने अपेक्षा गरिएको छ ।