१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकर्मा बाबाको नाममा टिपर चालकले खाए सपथ



अ+ अ-

काभ्रे । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि टिपर चालकले काभ्रेमा टिपर चालकले सपथ खाएका छन्। सोमबार काभ्रेमा करिब ५० जना टिपर चालकले दुर्घटना न्यूनिकरण गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्।

टिपर चालकहरूलाई ट्राफिक इन्स्पेक्टर विशाल तामाङसमक्ष सपथ खाएका हुन्। सोमबार र मंगलबार गरी करिब एक हजार टिपर चालकलाई सपथ खुवाउने कार्यक्रम रहेको बनेपा ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर तामाङले जानकारी दिए।

‘ट्राफिक दुर्घटना न्यूनिकरण र भिजिट नेपाल २०२० को प्रचारका लागि हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं,’ बाग्मती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले भने,‘पहिले हामीले बन्द कोठामा दुर्घटनासम्बन्धीको कार्यक्रम गर्ने गरेका थियौं यसपालि नयाँ तरिकाले गर्न खोजेका हौं।’

चालकहरूले विश्वकर्मा भगवानको नाममा सबै ट्राफिक नियमको पालना गर्छु भन्दै सपथ खाएको अध्यक्ष लामाले भने।

यस्तो छ टिपर चालकले खाएको शपथको व्यहोरा