१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छौं: मन्त्री नेम्वाङ



अ+ अ-

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण सडकको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताएका छन् ।

मन्त्री नेम्वाङले चर्चित धार्मिक स्थल पाथीभरा जाने बाटो ताप्लेजुङका सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–वसन्तपुर (मदनभण्डारी राजमार्ग) सडकखण्ड, सदरमुकाम फुङ्लीङ बाइपा र ताप्लेजुङ–ओलाङ्चुङगोला हुँदै तिव्वत जोड्नेको अनुगमन गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री भएकोबेला ताप्लेजुङ भ्रमणका बेला सुकेटार विमानस्थल, पाथिभरा, तमोर कोरीडोर र मदनभण्डारी राजमार्गलाई चासोको रुपमा लिएकोसमेत स्मरण गराए ।

उनले सरकारले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई साकार पार्दे विकासलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । नेम्वाङले पूर्वाधार विकासलाई सरकाले प्राथमिकतामा राखेर काम गरिहेको समेत जानकारी दिए । उनले आफ्ना मन्त्रालय मातहतका कार्यालय अनुगमन गरि समयमै काम सक्न निर्देशन समेत दिएका छन् ।

मन्त्री नेम्वाङसँगै सचिव देबेन्द्र कार्की, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय प्रमुख रामप्रसाद पोखरेल, संविधान सभा सदस्य भुपेन्द्र थेवे, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पत्रकार र स्थानीयले उक्त सडकहरुको अनुगमनमा सहभागी थिए ।