१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ आँखाका बिरामीले लिए निःशुल्क स्वास्थ्य सेवा



अ+ अ-

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३३० जना आँखाका बिरामीले सेवा लिएका छन् । रम्भा गाउँपालिका–१ को हुँगी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको शिविरमा सेवा लिएका ३३० आँखाका बिरामीमध्ये २५ जनामा मोतियाबिन्दु र छ जनामा मासु पलाएको भेटिएको छ ।

मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि पठाएको छ । शिविरमा आँखा कमजोर भएका ११५ जना बिरामीलाई चस्मा वितरण तथा अन्य बिरामीलाई समस्याअनुसारका औषधि निःशुल्क प्रदान गरियो । शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले आँखा जाँच तथा उपचार सेवा दिनुभएको हो ।

रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौला आँखा अस्पतालद्वारा सञ्चालित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले संस्था स्थापना भएपछिको पहिलोपटक निःशुल्क सेवा दिएको हो ।

केन्द्रले बेलाबेलामा कालीगण्डकीबँेसीका विभिन्न ठाउँमा पुगेर स्थानीय तह, सामाजिक सङ्घसंस्थाको समन्वयमा आँखा उपचारका लागि घुम्ती शिविरमार्फत प्राविधिक सेवा दिइरहेको छ । गाउँमै आँखाको उपचार सेवा पाउँदा यहाँका नागरिक खुशी छन् । आँखामा सामान्य समस्या परेमा रामपुर नगरपालिका तथा अन्य स्थानमा जान बाध्य नागरिकलाई घरदैलोमै सेवा पाउँदा उपचारमा ठूलो राहत मिलेको छ ।