१२ असार २०८३, शुक्रबार
,
Latest
बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी हुँदा साडे १२ लाख बराबरको क्षति



अ+ अ-

इलाम। इलामको सन्दकपुर २ माइमझुवामा एक घरमा आगलागी हुँदा साडे १२ लाख बराबरको क्षति भएको छ । साबिक माइमझुवा वडा नम्बर ५ सेर्पे निवासी कुल बहादुर गुरुङको घरमा गएराती आगलागी हुँदा १२ लाख ७२ हजार बराबरको क्षती भएको प्रहरीले बताएको छ ।

गुरुङको दुई तले रहेको टिनको घरमा २ तोला सुनको औँठी ६ तोला चाँदी गरगहना लत्ताकपडा अन्नपात काठपात सबै जलेर नस्ट भएको छ । आगो लाग्नुको कारण अझै खुलेको छैन् ।

सुतेको समयमा अचानक आगो लागेपछि छिमेकीहरु भेला भएर आगो निभाउन खोज्दा सिलिन्डर ग्यास आगोले जलेर बिस्फोट आगो बढ्न गै आगोले उग्ररुप लिएको र आगोलाइ नियन्त्रण लिन नसकिएको स्थानीय सन्तोष गुरुङले बताए । आगो नियन्त्रण गर्न सम्भब नभएपछि बिहान मात्रै आफै निभेको स्थानीयको भनाई छ ।