१२ असार २०८३, शुक्रबार
,
Latest
बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारेको निर्णय नेपाल आफैले र स्वतन्त्र रुपमा गरोस् – चिनियाँ राजदूत



अ+ अ-

काठमाडौं । हाल नेपालमा चर्चामा रहेको मुद्दा अमेरिकी मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) को बारेमा नेपालले गर्ने निर्णय आफैले र स्वतन्त्र रुपमा गरोस् भन्ने चाहना चीनको रहेको चीनले बताएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा भनिन्– यो नेपालको कुरा हो, उसले कुन देशसँग के सहयोग लिने भन्ने विषय आफैले र स्वतन्त्र रुपमा निर्णय लिनुपर्छ ।
राजदूत यान्कीले नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्छ र नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन’– उनको भनाई थियो ।

राजदूत यान्कीले तर नेपालले कसैको दबाबमा परेर भन्दा आफ्नो हित हेरेर विदेशी समुदायको सहयोग स्वीकार गर्नुपर्ने सुझाव भने दिइन् ।
पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको बताइन् । पक्राउ परेका चिनियाँहरु हाल हिरासतमै रहेका छन् ।
राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा धारणा राख्दै भनिन्– २ जोड १ को अवधारणा भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।